आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दिगो बैंकिङ अभ्यासबारे बुझ्न बेलायतका सांसद एनएमबि बैंकमा

images
बिहीबार , चैत ९ २०७९
images
दिगो बैंकिङ अभ्यासबारे बुझ्न बेलायतका सांसद एनएमबि बैंकमा

प्रतिनिधिहरुले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए।

images
images

काठमाडौं- ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन्। 

images
images
images

एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात् भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिन उनीहरुले बैंक भ्रमण गरेका हुन्।

images
images

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पारेका थिए।

images
images

प्रतिनिधि मण्डलसँग छलफलका क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्नकोलागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिएका थिए।

प्रतिनिधिहरुले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरुको स्तराेन्नतिका लागी बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरुले सोसम्बन्धी प्रतिक्रिया समेत आदानप्रदान गरेका थिए।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको बैंक हो।


प्रकाशित : बिहीबार , चैत ९ २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend