आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लगानी गर्नुअघि के-के कुरामा ध्यान दिने? धितोपत्र बोर्डले दियो २० सुझाव

images
बिहीबार , चैत ९ २०७९
images
लगानी गर्नुअघि के-के कुरामा ध्यान दिने? धितोपत्र बोर्डले दियो २० सुझाव

धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल निर्धारण गरेर गर्नुहोस्। धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिनभित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस्। 

images
images

काठमाडाै‌ं- नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई लगानी गर्नुअघि २० कुरामा ध्यान दिन सुझाव दिएको छ। बोर्डले युवा तथा अन्य लगानीकर्तालाई विश्व वित्तीय सप्ताहको अवसर पारेर २० वटा सुझाव दिएको हो।

images
images
images

२० मार्च देखि २६ मार्चसम्म विभिन्न कार्यक्रमगरी नेपालमा पनि विश्व वित्तीय सप्ताह बोर्डले मनाइरहेको छ। 

images
images

१. धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस्। 

images
images

२. धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनौट गरी लगानीसम्बन्धी निर्णय गर्नुहोस्। 

३. धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस्। प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तरजस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस्। 

४. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरुले आस्वा सदस्य बैंकमार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नं. लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन गर्नुहोस्। 

५. धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै: लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसँग सम्बन्धित उद्योग क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस्। 

६. धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस्। 

७. धितोपत्र बजारमा मुद्रास्फीति, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन गरी लगानीसम्बन्धी निर्णय लिनुहोस्। 

८. धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस्। 

९. दीर्घकालीन, नियमित तथा विविधिकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस्। 

१०. धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल निर्धारण गरेर गर्नुहोस्। 

११. धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिनभित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस्। 

१२. धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिनुहोस्। 

१३. नयाँ-नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस्। 

१४. धितोपत्र कारोबार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस्। धितोपत्र कारोबारबापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानूनी व्यवस्थाको जानकारी लिनुहोस्। 

१५. आफूले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर (जस्तै संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर) र त्यसको विशेषता, फाइदा वा बेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानीसम्बन्धी निर्णय लिनुहोस्। 

१६. नेपाल स्टक एक्सचेञ्जबाट सूचीकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोबार गर्न सकिने व्यवस्था भएको हुँदा सोबारे जानकारी राख्नुहोस्। 

१७. धितोपत्रको दोस्राे बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस्। 

१८. धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारिक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस्। 

१९. धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्कासनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस्। 

२०. बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भइ बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस्।


प्रकाशित : बिहीबार , चैत ९ २०७९०५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend