शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अयोग्य लडाकुलाई पैसा वितरण गर्ने कामबाट प्रधानमन्त्रीलाई कांग्रेसले रोक्नुपर्छ : मिनेन्द्र रिजाल

बुधबार, चैत ८ २०७९
अयोग्य लडाकुलाई पैसा वितरण गर्ने कामबाट प्रधानमन्त्रीलाई कांग्रेसले रोक्नुपर्छ : मिनेन्द्र रिजाल

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूखुसी निर्णय गराएर साढे ९ अर्ब रुपैयाँ वितरण गर्ने काम सुरु गर्नु राज्यको ढुकुटी दोहन गर्ने काम भएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन्। 

'सशस्त्र द्वन्द्वलाई जनयुद्ध भन्ने, शहीद घोषणा गर्ने, अयोग्य लडाकुलाई पैसा वितरण गर्ने कामलाई रोक्नु पर्दछ', बिजनेस न्युजसँग कुरा गर्दै उनले भने, ' कांग्रेसले पनि पाँचवर्ष यो गठबन्धन टिकाउने हो भने प्रचण्डलाई सुरुमै ठीक बाटोमा हिँड्न सिकाउन जरुरी रहेको छ।'

यस्तो छ नेता रिजालको भनाइ

एउटा कुरा माओवादी नेतृत्वले के बुझ्न जरुरी रहेको छ भने, गठबन्धन हुँदैमा कांग्रेसले आफ्नो मूल चरित्र छाड्न सक्दैन। नेतृत्व बोल्ने नबोल्ने फरक विषय हो तर कांग्रेसले संरचनागत चरित्र त्याग्न सक्दैन। कांग्रेस लोकतन्त्रको मूल मर्मबाट टाढा जान सक्दैन।

नेपाली कांग्रेसको सक्रियतामा तत्कालीन माओवादीसँग भएको १२ बुँदे समझदारीदेखि लिएर नेपाली राजनीति यहाँसम्म आइपुगेको हो। सोही सम्झौताबाट विकसित भएको सम्बन्ध हो। यसपछाडिको विस्तृत शान्ती सम्झौता र संविधानसभाबाट अहिले यहाँसम्म हिँडिरहेका छौँ। 

अर्को कुरा, कांग्रेसले सधैँ अर्थतन्त्रको विषयलाई विशेष जोड दिन्छ। राज्यको ढुकुटी दोहन गर्ने कुरामा विरोध गर्दा कांग्रेस जतिसुकै अलोकप्रिय बन्‍छ भने पनि विरोध गर्न छाड्दैन। 

कांग्रेसको सबैभन्दा माथिल्लो तह र हामीभन्दा माथिका नेता नबोल्लान् तर आवाज दबिँदैन। कांग्रेसले थेग्न नसक्ने राजनीतिमा माओवादी अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धकेल्ने प्रयास गरिरहनुभएको छ। त्यो असाध्यै दुर्भाग्यपूर्ण हुन्छ। प्रचण्डलाई नसक्ने बाटोमा हिँड्नबाट रोक्ने काम कांग्रेसको पनि कर्तव्य हो। 

सशस्त्र द्वन्द्वलाई जनयुद्ध भन्ने, शहीद घोषणा गर्ने, अयोग्य लडाकुलाई पैसा वितरण गर्ने कामलाई रोक्नु पर्दछ। बाहिर सार्वजनिक रुपमा नभने पनि प्रधानमन्त्रीलाई भेटेरै भए पनि त्यो काम रोक्नुपर्दछ। कांग्रेसले पाँच वर्ष यो गठबन्धन टिकाउने हो भने प्रचण्डलाई सुरुमै ठीक बाटोमा हिँड्न सिकाउन जरुरी रहेको छ। 

कार्यकर्ता पोस्न प्रधानमन्त्री दाहाल साढे ९ अर्ब वितरणमा लाग्दा मौन रहँदै कांग्रेसको साथ कार्यकर्ता पोस्न प्रधानमन्त्री दाहाल साढे ९ अर्ब वितरणमा लाग्दा मौन रहँदै कांग्रेसको साथ एक्लै १६ मन्त्रालय जिम्मा लिएका बेला ढुकुटी दोहनमा प्रधानमन्त्री दाहाल : कार्यकर्ता पोस्न बाँड्दैछन् साढे ९ अर्ब एक्लै १६ मन्त्रालय जिम्मा लिएका बेला ढुकुटी दोहनमा प्रधानमन्त्री दाहाल : कार्यकर्ता पोस्न बाँड्दैछन् साढे ९ अर्ब

 


प्रकाशित : बुधबार, चैत ८ २०७९११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend