आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

आईएमई लाइफ इन्स्योरेन्सको बीमाकोष २२.३१ प्रतिशत बढेर साढे ५ अर्ब पुग्यो

images
मंगलबार, चैत ७ २०७९
images
आईएमई लाइफ इन्स्योरेन्सको बीमाकोष २२.३१ प्रतिशत बढेर साढे ५ अर्ब पुग्यो

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

images
images

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको छैटौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले जानकारी दिएका हुन्। 

images
images
images

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल समेत गरेको छ।

images
images

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समेत सभाले पारित गरेको छ। 

images
images

कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ।

सभामा बोल्दै अध्याक्ष डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई  ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए। उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताए। 

साथै उनले सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्नुहंदै जीवन बीमा कम्पनिहरु माझ अव्वल कम्पनिका रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरे। 


प्रकाशित : मंगलबार, चैत ७ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend