आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा प्रिमियम आईपीओ जारी गर्ने

images
सोमबार, चैत ६ २०७९
images
सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा प्रिमियम आईपीओ जारी गर्ने
images
images

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो।

images
images
images

इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।

images
images

बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ। जसअनुसार कम्पनीले कुल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।

images
images

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend