आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

महिनौपछि दोस्रो बजारमा बल्ल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार बढ्यो, इतिहासकै सस्तो बनेको मूल्य के होला?

images
शुक्रबार, चैत ३ २०७९
images
महिनौपछि दोस्रो बजारमा बल्ल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार बढ्यो, इतिहासकै सस्तो बनेको मूल्य के होला?
images
images

काठमाडौ- दोस्रो बजारमा महिनौपछि नेपाल लाइफ इन्स्योरेन्स सेयर कारोबार बढेको छ। कम्पनीको बिहीबार प्रतिकित्ता ६६०.१० रुपैयाँमा कारोबार भएको छ। बिहीबार ४९ हजार कित्ता कारोबार भएको छ। सेयर मूल्य इतिहासकै सस्तो भएको छ। लगानीकर्तालाई लाभांशले थप निराश बनाएपछि सेयर मूल्य लगातार घटिरहेको थियो। 

images
images
images

कम्पनीले कुल १५.७८ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेर लगानीकर्ताको खातामा गइसकेको छ।कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

images
images

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।

images
images

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend