शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लाइसेन्सको नयाँ फारम खुल्दै

आइतबार, कात्तिक ७ २०७८
लाइसेन्सको नयाँ फारम खुल्दै

लाइसेन्स लिन चाहने उपभोक्तालाई मध्यनजर गर्दै हामीले अबको २/३ दिनमै लाइसेन्सको नयाँ फारम खुल्लाउने गरि तयारी गरिरहेका छौं,’ उनले भने, ‘ढीलोमा यो साताको अन्तिमसम्ममा नयाँ फारम खोलिसक्छौं।’ 

काठमाडौं- यातायात व्यवस्था विभागले कोरोना बढेसँगै रोकेको सवारी चालन अनुमति पत्र (लाइसेन्स)को नयाँ फारम खोल्ने भएको छ। निषेधाज्ञा सुरु भएसँगै बैशाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ फारम यही साताबाट खुल्ने भएको हो।

कोरोना भाइरस संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण रोकिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

तर लाइसेन्स लिन चाहनेहरुका लागि भने नयाँ फारम खोलिएको थिएन। विभागले दसैँपछि लाइसेन्सको नयाँ फारम खोल्ने बताउँदै आएको थियो। नयाँ लाइसेन्स लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गएकाले फारम खुल्ल लागिएको विभागले जनाएको छ। 

लाइसेन्स लिन चाहनेहरुको संख्या बढ्दै गएकाले विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाउन लागिएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। ‘लाइसेन्स लिन चाहने उपभोक्तालाई मध्यनजर गर्दै हामीले अबको २/३ दिनमै लाइसेन्सको नयाँ फारम खुल्लाउने गरि तयारी गरिरहेका छौं,’ उनले भने, ‘ढीलोमा यो साताको अन्तिमसम्ममा नयाँ फारम खोलिसक्छौं।’ 

निषेधाज्ञासँगै रोकिएका ट्रायल परीक्षा र फारम भरेका तर अन्य प्रक्रिया बाँकी रहेकाहरुलाई भदौ २० बाट प्रक्रिया सुरु गरिसकिएकाले चाप कम भएको उनको भनाइ छ। त्यसैले नयाँ फारम खुलाउन सहज भएको हो। 

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरेर लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ। सो मापदण्डमा परीक्षा सञ्चालन गर्दा अवनाउनु पर्ने सुरक्षा सावधानीबारे उल्लेख छ।  


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend