आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दोस्रो बजारमा लगातार बढेको एनआईसी एसियाको सेयर मूल्य एक्कासी किन घट्यो?

images
मंगलबार, फागुन ३० २०७९
images
दोस्रो बजारमा लगातार बढेको एनआईसी एसियाको सेयर मूल्य एक्कासी किन घट्यो?
images
images

काठमाडौं- लगातार बढिरहेको एनआईसी एसियाको सेयर मूल्य केही सातायता भने घट्न थालेको छ। वाणिज्य बैंकतर्फ दोस्रो बजारमा सबैभन्दा महँगो भएको बैंकको सेयर मूल्य घटेर ७७७ रुपैयाँमा झरेको छ। मूल्य बढेर ८६१ रुपैयाँसम्म पुगेको थियो। 

images
images
images

मूल्य घट्दा पनि पछिल्लो समय एनआईसी एसिया बैंकको दोस्रो बजारमा वाणिज्य बैंकहरूमध्येकै महँगो मूल्य बनेको छ। यसअघि नबिल बैंक लगातार पहिलो नम्बरमा रहेको थियो। केही महिनायता नबिललाई उछिनेर एनआईसी एसिया पहिलो नम्बरमा लगातार रहेको छ। 

images
images

सोमबार सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ घट्दा ७७७ रुपैयाँमा झरेको छ। सोमबार उच्च कारोबार भएको मूल्य ७९ हजार ८१४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ करोड २४ लाख मूल्य बराबरको सेयर खरिद बिक्री भएको छ। 

images
images

सूचकमा उत्कृष्ट

बैंकको सञ्चिति कोषमा ४७ प्रतिशतले बढेको छ। ब्याजदर आम्दानी पनि बढेको छ। वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले बढेको छ। एनआईसी एसिया बैंक लाभांश नदिएपनि सूचकमा देखिएको बृद्धिले लगानीकर्तामा आकर्षण देखिएको छ। बैंकले चालु वर्षको पहिलो ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्‍याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्‍याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्वपुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भइ निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend