आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पछिल्ला कारोबार लयमा देखिएको सेयर बजारमा फेरि गिरावट, पुन: २००० बिन्दुतल

images
आइतबार, फागुन २८ २०७९
images
पछिल्ला कारोबार लयमा देखिएको सेयर बजारमा फेरि गिरावट, पुन: २००० बिन्दुतल
images
images

काठमाडौं- गएको साता लगातार सुधार देखिएको सेयर बजार यो साता पुन: ओरालो लागेको छ। लगातार घटिरहेको सेयर बजारमा गएको साताको अन्तिम दुई कारोबारले उच्च अंकतर्फको आश जगाएको थियो। तर बजारले त्यही गति समात्न सकेन।

images
images
images

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेर बजार १९७५.८९ बिन्दुमा झरेको छ। २६ कम्पनीको मात्र सेयर मूल्य बढेकव बजारमा १ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेको बजारमा मंगलबारको दोस्रो कारोबारमा सुधार देखिएको थियो। मंगलबार १४.४१ अंकले बढेको बजारमा बिहीबार थप सुधार देखिएको थियो। गएको साता बिहीबार ५०.०४ अंकले बढेर बजार २००२.७० बिन्दुमा पुगेको थियो।

images
images

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा नै देखिन्छ। 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend