शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यो वर्ष रेनाले ५ लाख कार उत्पादन कटौती गर्ने

आइतबार, कात्तिक ७ २०७८
यो वर्ष रेनाले ५ लाख कार उत्पादन कटौती गर्ने

सेप्टेम्बरमा रेनोले यो वर्ष २ लाख २० हजार कार उत्पादन कटौती गर्ने प्रक्षेपण गरेको थियो। तर अक्टोबरमा आइपुग्दा कम्पनीले उत्पादन कटौती दोब्बरभन्दा बढी हुने बताएको हो। 

काठमाडौं- फ्रान्सेली कार उत्पादक कम्पनी रेनोले यो वर्ष ५ लाख कार उत्पादन कटौती गर्ने भएको छ। २०२१ का लागि कम्पनीले लिएको टार्गेटमा ५ लाख कार उत्पादन घटाउनु पर्ने अवस्था आएको जनाएको छ। 

संसारभर देखिएको चिप (सेमिकन्डक्टर) तथा अन्य कम्पोनेन्टको अभावका कारण कार उत्पादन कटौती गर्नुपर्ने अवस्था आएको कम्पनीले उल्लेख गरेको रोयटर्सले लेखेको छ। चिप आपूर्तिकर्ता मध्येको एक मलेसियाले कोभिडका कारण सिर्जित लकडाउनपछि उत्पादन कटौती गर्दा समस्या आएको हो। 

चिप अभाव २०२२ को मार्चपछि मात्र समान्य हुने अनुमान गरिएको छ। रेनोले चिप तथा अन्य पार्टसको धेरै ठूलो भन्डारण नगरेकाले कार उत्पादनमा मूल्य वृद्धिको सामना गर्नुपरेको कम्पनीले जनाएको छ। 

सेप्टेम्बरमा रेनोले यो वर्ष २ लाख २० हजार कार उत्पादन कटौती गर्ने प्रक्षेपण गरेको थियो। तर अक्टोबरमा आइपुग्दा कम्पनीले उत्पादन कटौती दोब्बरभन्दा बढी हुने बताएको हो। 

विश्व महामारी सुरु हुनु अघि रेनोले २०१९ मा विश्वभर ३७ लाख ५० कार बिक्री गरेको थियो। सेप्टेम्बरको अन्त्यसम्म आइपुग्दा रेनोको बुकिङ १५ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। 

यो वर्षको तेस्रो त्रैमासमा रेनोको आम्दानी १३.४ प्रतिशतले घटेर ८ अर्ब ८९ करोड युरोमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेनोको आम्दानी १० अर्ब ३७ करोड युरो रहेको थियो। 

रेनोका कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। एडभान्स अटोमोबाइल्सले बिक्री गर्दै आएको रेनोका कार भारतबाट आयात हुँदै आएको छ। चिप अभावका कारण भारतमा पनि कार उत्पादन प्रभावित भएको छ।

चाडपर्वको समयमा कारको माग उच्च हुने भएपनि चिप अभावले पर्याप्त कार बन्न सकेको छैन। यसको असर नेपालमा पनि देखिएको छ। दसैँअघि कार बुक गर्दा कार नपाउने अवस्था आएको थियो।   


प्रकाशित : आइतबार, कात्तिक ७ २०७८००:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend