शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विकास शक्तिको पछाडि कुद्‍ने परम्पराले पछाडि पर्‍यौँ : सहरी विकासमन्त्री झाँक्री

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ६ २०७८
विकास शक्तिको पछाडि कुद्‍ने परम्पराले पछाडि पर्‍यौँ : सहरी विकासमन्त्री झाँक्री

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन्। 

बनेपा- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छिन्। उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन्। 

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै एकीकृत समाजवादीका सचिवसमेत रहेकी उनले विकासका योजनाविना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गरिन्।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन्। 

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफुले सोच बनाएको मन्त्री झाँक्रीले बताइन्। सो क्रममा उनले बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै पार्टीमा लामबद्ध भएकालाई आफूहरुले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गरिन्। रासस

प्रकाशित : शनिबार, कात्तिक ६ २०७८१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend