शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

माईखोला हाइड्रोपावरको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २५ २०७९
images
माईखोला हाइड्रोपावरको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन?

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो।

images
images

काठमाडौं- माई खोला हाइड्रोपावरले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो।

images
images
images

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सातसय रूपैयाँ बराबरका एकसय दरका तीन लाख ९२ हजार एकसय ५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गरेको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि एक लाख ५२ हजार नौ ४१ कित्ता सेयर जारी गरेको हो। 

images
images

यसमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने कम्पनीले जनाएको छ।

images
images

वैदेशिक रोजगारमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। उनीहरुले आगामी चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend