आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

प्युटारको तरकारी बल्खुमा, हप्तामा दुई दिन ल्याइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ६ २०७८
प्युटारको तरकारी बल्खुमा, हप्तामा दुई दिन ल्याइने

ललितपुरको वागमती गाउँपालिका-४ प्युटारमा उत्पादन भएका तरकारी अबदेखि मंगलबार र शनिबार बल्खुको तरकारी बजारभित्र किन्न पाइने भएको छ।

काठमाडौं- ललितपुरको वागमती गाउँपालिका-४ प्युटारमा उत्पादन भएका तरकारी अबदेखि मंगलबार र शनिबार बल्खुको तरकारी बजारभित्र किन्न पाइने भएको छ।

प्युटारमा प्रशस्त मात्रामा विभिन्न् तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँबासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पुर्‍याउने व्यवस्था मिलाएको हो। 

हिजोआज गाउँबासी दैनिक निर्वाहमुखी मात्र भइ कमै मात्रामा व्यवसायमुखी बन्दै जाँदा कृषि कार्यमा आकर्षण बढाउन हप्तामा दुई दिन तरकारी बल्खु बजार पुर्‍याउने व्यवस्था गरिएको वडाध्यक्ष नारायणबहादुर घलेले बताए। ‘हामीले पहिलोपटक यही भदौ १ गते ३५० किलो तरकारी बल्खु पठायौं, हरेक किसानका तरकारी जोखी सोको टिपोट राखी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य दिने भएका छौं’ उनले भने।

प्युटारको तरकारी भण्डारणका लागि तीन ठाउँमा संकलन केन्द्रका साथै अर्को एक स्थानमा पाँच हजार किलो अट्ने एक शीतभण्डारसमेत निर्माण सम्पन्न भइसकेको घलेले जानकारी गराए।

‘तरकारी बजारीकरण गर्न ५० प्रतिशत गाडी भाडा गाउँपालिका वा वडाले र बाँकी आधा किसान स्वयंले व्यहोर्नुपर्छ, वडामा ५५० घरधुरी रहँँदा ९५ प्रतिशत किसानले तरकारी खेती गर्ने तर आफूलाई मात्र निर्वाह हुने उत्पादन गर्ने क्रम बढेसँगै उपयुक्त जमिन बाँझो नहोस् भनी बल्खु लैजाने व्यवस्था गरेका हौं’ उनले भने, ‘हरेक दिन २ बजेपछि किसानले खेतबारीबाट तरकारी टिपी संकलन केन्द्रमा लैजानुहुन्छ, प्युटारबाट बल्खु बजार पुग्न लगभग ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुँदा त्यहाँका व्यापारीसँग समन्वय गरी बजार पठाउने व्यवस्था गरेका हौं।’ 

वडाले तरकारी उत्पादन कार्यलाई जोड दिन हरेक वर्ष निःशुल्क बीउबिजन वितरण गर्नाका साथै ७५ प्रतिशत अनुदानमा टनेल बनाउने प्लाष्टिक आदि सहयोग गर्दै आएको घलेको भनाइ छ। 


प्रकाशित : आइतबार, भदौ ६ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend