आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नेपाली बैंकले एक वर्षमा विदेशबाट ल्याए २५ करोड डलर लगानी 

images
बुधबार, फागुन २४ २०७९
images
नेपाली बैंकले एक वर्षमा विदेशबाट ल्याए २५ करोड डलर लगानी 

सन् २०२२ मा युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनबाट डोल्मा इम्प्याक्ट फन्ड भाग दुईले १ करोड २० लाख र जाइकाबाट १ करोड डलर लगानी ल्याएको थियो। 

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले सन् २०२२ मा २५ करोड अमेरिकी डलरभन्दा बढी ऋण विदेशबाट ल्याएका छन्। 

images
images
images

स्वदेशमा पुँजी परिचालन समस्याग्रस्त हुँदै गएपछि पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशी संस्थाबाट ऋण ल्याउन सहज बनाउँदै आएको छ। 

images
images

नीतिगत सुविधा उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाले गएको वर्ष २५ करोड ५ लाख अमेरिकी डलर ऋण ल्याएका हुन्। 

images
images

विदेशी विकास वित्तीय संस्था तथा कम्पनीबाट सीमित बैंकहरले पुँजी ल्याइरहेका छन्। सन् २०२२ मा सबैभन्दा पहिला एनएमबी बैंकले अमेरिकी विकास वित्तीय संस्थान युएस इन्टरनेसनल डेभलपमेन्ट फाइना्स कर्पोरेसनबाट १० करोड डलर ऋण ल्याएको थियो। 

त्यस्तै लक्ष्मी बैंकले पनि यही संस्थाबाट ४ करोड ७५ लाख अमेरिकी डलर ऋण ल्याएको थियो। अमेरिकी  विकास वित्तीय संस्थानबाट नेपालमा आएको यो ऋण पहिलो हो। 

त्यस्तै गएको वर्ष एनएमबी बैंकले ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण ल्याएको थियो। त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय संस्थानबाट एनएमबीले २ करोड ५० लाख, सानिमा बैंकले २ करोड  डलर लगानी ल्याउन सफल भएका थिए। 

बैंक तथा वित्तीय संस्था बाहेक नेपालमा रहेका बैकल्पिक वित्तीय लगानी संस्थाहरूले पनि विदेशबाट लगानी ल्याइरहेका छन्। भेञ्चर क्यापिटर तथा प्राइभेटद इक्विटी फर्महरूले पनि उल्लेख्य लगानी विदेशबाट ल्याइरहेका छन्। सन् २०२२ मा युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनबाट डोल्मा इम्प्याक्ट फन्ड भाग दुईले १ करोड २० लाख र जाइकाबाट १ करोड डलर लगानी ल्याएको थियो। 

विदेशी लगानी ल्याएर नेपालमा लगानी गर्ने बैंकहरूको संख्या न्यून तथा रकम पनि धेरै नभएपनि यसले आगामी दिनमा पुँजीको समस्या समाधान गर्ने बैंकरहरूको विश्वास छ। 

शुद्ध व्यावसायिक ऋणको तुलनामा अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाबाट आउने लगानी तुलनात्मक रुपमा न्यून जोखिमपूर्ण हुने तथा सर्तहरू पनि नरम हुन्छन्। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend