शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्पेस एक्सले बनाउँदै छ टेस्लाका मालिक एलन मस्कलाई विश्वको पहिलो ‘ट्रिलेनियर’

शनिबार, कात्तिक ६ २०७८
स्पेस एक्सले बनाउँदै छ टेस्लाका मालिक एलन मस्कलाई विश्वको पहिलो ‘ट्रिलेनियर’

स्पेस एक्स परियोजनाले मस्कलाई विश्वको पहिलो ट्रिलेलियर (१० खर्ब डलर) बनाउन सक्ने अनुमान मोर्गान स्टेनलेले गरेको यूएसटूडेले लेखेको छ।

काठमाडौं- विद्युतीय कार टेस्ला बनाएर चर्चा तथा विश्वको सर्वाधिक धनी व्यक्ति बनेका एलन मस्क विश्वकै पहिलो ट्रिलेनियर बन्ने एक अध्ययनले अनुमान गरेको छ। टेस्लाबाट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका मस्क अन्तिरिक्षमा मानिस पठाउने परियोजना स्पेस एक्सबाट भने पहिलो ट्रिलेनियर बन्ने अनुमान गरिएको छ। 

स्पेस एक्स परियोजनाले मस्कलाई विश्वको पहिलो ट्रिलेलियर (१० खर्ब डलर) बनाउन सक्ने अनुमान मोर्गान स्टेनलेले गरेको यूएसटूडेले लेखेको छ। मस्कको कम्पनी टेस्लाले जस्तै सफलता हात परे उनलाई स्पेस एक्सले पहिलो खर्बपति बनाउने छ। 

गर्जियनका अनुसार टेस्ला इंकको कुल सम्पत्ति ८ सय ५० अर्ब अमेरिकी डलर रहेको छ। हाल स्पेस एक्सको सम्पत्ति भने ३० अर्ब डलर रहेको छ। स्पेस एक्सको तुलनामा हाल टेस्लाको सम्पत्ति ३० गुण धेरै रहेको छ।

फोर्ड र जनरल मोटर्सलाई पछि पार्दै २०२० मा टेस्ला सबैभन्दा मूल्यवान अमेरिकी कार निर्माता कम्पनी बनेको थियो। एलन मस्कको व्यक्तिगत सम्पत्ति बढेर २ सय २० अर्ब डलर पुगेको ब्लुम्वर्गले उल्लेख गरेको छ। 

स्पेस एक्स २००२ मा स्थापना भएको कम्पनी हो। यो कम्पनी अन्तरिक्षमा मानिस पठाउने उद्देश्यले स्थापना भएको थियो। मस्कले नासासँगको समन्वयमा स्पेस एक्समार्फत मंगलग्रहमा मानिस पठाउँने परियोजना अघि बढाएका हुन्। 

विगतमा स्पेसमा पठाउने रकेटको लागत ८ करोड डलर पथ्र्यो भने अहिले त्यो घटेर ५ करोड  ८० लाखमा झरेको छ। केही समयअघि स्पेस एक्सले पहिलो सिभिलियन क्रियु सार्वजनिक गरेको थियो।  


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend