बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ। 

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरे। 

यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।


प्रकाशित : आइतबार, फागुन २१ २०७९१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend