आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अतिकम विकसित मुलुकहरूबारे जान्नैपर्ने पाँच तथ्य

images
आइतबार, फागुन २१ २०७९
images
अतिकम विकसित मुलुकहरूबारे जान्नैपर्ने पाँच तथ्य

हरेक प्रकोप तथा विपत्तिबाट सबैभन्दा धेरै प्रभावित यी देशमा बस्ने जनताको अवस्था सधैँ जोखिममा हुन्छ।

images
images

अतिकम विकसित मुलुकहरू (एलडीसी)को सूची के हो?

images
images
images

आर्थिक सामाजिक सूचकको पुछारमा हुने देशहरुलाई सयुक्त राष्ट्रसंघले सूचीबद्ध गरेको छ। त्यो सूचीमा रहेका देशहरू एलडीसी हुन्। खुद राष्ट्रिय प्रतिव्यक्ति आय १०१८ अमेरिकी डलरभन्दा न्यून भएको लगायतका सूचक यसमा छन्।

images
images

पोषण, स्वास्थ्य, विद्यालय भर्नादर, साक्षरतामा कमजोर अवस्था र आर्थिक वातावरणीय जोखिम धेरै भएका देशहरू यो सूचीमा छन्। कठिन भौगोलिक अवस्था तथा कृषिमाथिको चरम परनिर्भरता र प्राकृतिक प्रकोपको उच्च जोखिम भएका मुलुकहरूलाई राष्ट्रसंघले यो सूचीमा राख्दै आएको छ।

images
images

हाल यो सूचीमा ४६ वटा देश छन्। यस्तो सूचीका बारेमा प्रत्येक ३ वर्षमा समीक्षा हुन्छ। राष्ट्रसंघीय आर्थिक तथा समाजिक काउन्सिलले यसको समीक्षा गर्छ। हालसम्म ६ वटा देश यसबाट स्तरोन्नति भएका छन्।

यी मुलुक कस्तो समस्यासँग जुधिरहेका छन्?

यस्ता अतिकम विकसित मुलुकमा संसारका १४ प्रतिशत मानिसको बसोबास रहेको छ। पछिल्लो तथ्यांकअनुसार हाल १ अर्ब १० करोड मान्छेको घर यस्तै देशमा छन्। यीमध्ये ७५ प्रतिशत मान्छे चरम गरिबीमा बाँचेका छन्।

विकासको अभाव र गहिरिँदो गरिबी यस्ता देशका मुख्य चुनौती छन्। यस्ता देशले बाह्य आर्थिक जोखिमको त्रासमा मात्र हुँदैनन्, मानव सिर्जित प्रकोप, प्राकृतिक प्रकोप तथा महामारीको पनि उत्तिकै जोखिममा छन्।

जलवायु परिवर्तनको उच्च जोखिममा हुने यी देशको कार्बन उत्सर्जनमा भने नगन्य भूमिका छ।

हरेक प्रकोप तथा विपत्तिबाट सबैभन्दा धेरै प्रभावित यी देशमा बस्ने जनताको अवस्था सधैँ जोखिममा हुन्छ। एलडीसीहरू अहिले धेरैजसो ऋणको जोखिममा रहेका छन्। अहिलेका चार देश चरम जोखिममा रहेको र १६ देश जोखिमोन्मुख रहेको राष्ट्रसंघीय समीक्षाबाट देखिएको छ।

यी देशलाई कस्तो सहयोग भइरहेको छ?

सन् १९९६० देखि नै राष्ट्र संघले यस्ता देशको अर्थतन्त्रलाई दिगो विकासको बाटोमा हिटाउनका लागि सहयोग गर्दै आएको छ। संसारको ध्यानाकर्षण गराउनका लागि भन्दै राष्ट्रसंघले यस्ता देशका लाग मुख्यतया तीनवटा क्षेत्रमा सहायता गर्दै आएको छ।

विकास वित्त - दातृ राष्ट्र तथा वित्तीय संस्थाबाट अर्थपूर्ण अनुदान

बहुपक्षीय व्यापार प्रणाली - यस्ता देशमा उत्पादित वस्तुलाई विशेष सहुलियतमा पहुँच दिने

प्राविधिक सहायता - व्यापार तथा विकासमा प्राविधिक सहायता

संसारको ध्यानाकर्षण गराउनका लागि राष्ट्रसंघले पहिलोपटक एलडीसी कन्फरेन्स सन् १९८१ मा गरेको थियो। सन् १९७१ मा संगठित भएपछि सो सम्मेलन १० वर्षपछि भएको थियो। त्यसपछि प्रत्येक १० वर्षमा हुँदै आएको सम्मेलन अहिले कतारको दोहामा भइरहेको छ। महामारीका कारणले सरेर अहिले सम्मेलन सरेको हो।

दोहा प्रोग्राम अफ एक्सन के हो?

दोहा प्रोग्राम अफ एक्सन एउटा यस्तो मार्गचित्र हो जुनमा सबै एलडीसीको आगामी विकासयात्रालाई दिगो बनाउनका लागि तयार भएको यसमा एलडीसीहरू सन् २०२२ मा सहमत भएका थिए।

यसमा मुख्यतया छवटा क्षेत्र रहेका छन् :

१. गरिबी निवारण र क्षमता विकास

२. सम्भाव्य जोखिम र चुनौतीको सामना गरी दिगो विकास लक्ष्य हासिलका लागि विज्ञान, प्रविधि र अन्वेषणको शक्तिलाई उपयोग गर्ने

३. समृद्धिको संवाहकका रुपमा संरचनागत परिवर्तनका लागि सहयता गर्ने

४. क्षेत्रीय तथा एलडीसी क्षेत्रको संयोजनमा अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्ने

५. जलवायु परिवर्तन, वातावरणीय क्षति, कोभिड महामारीबाट पुनरुत्थान तथा भविष्यका सम्भावित जोखिमलाई सम्बोधन गर्ने

६. विश्वव्यापी सहायता परिचालन र ऐक्यबद्धतता

 दोहा सम्मेलनबाट के अपेक्षा गर्ने?

राष्ट्रसंघ, एलडीसी, सरकार प्रमुखहरू, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, विधायकहरू एसडीजी प्राप्तिका लागि प्रतिबद्ध भएका छन्।

यो कार्यक्रम कति सफल हुन्छ भन्नेभन्दा पनि एलडीसीले आवश्यकता अनुसार कत्तिको सहायता पाउँछ भन्ने कुराको फेरि एकपटक हामीलाई जानकारी हुनेछ। यस्ता देशहरूले शिक्षा, स्वास्थ्य र समाजिक सुरक्षा कोष प्रणालीमा ठूलो लगानीको आवश्यकता छ। सन् २०३० मा एसडीजी प्राप्तिका लागि अनिवार्य स्रोत भएको राष्ट्रसंघका महासचिवले उल्लेख गरेका छन्।

अहिलेको कार्यक्रमका लागि आवश्यक सहायता पाउँदा एलडीसीहरू स्तरोन्नतिको बाटोमा जानेछन्।


प्रकाशित : आइतबार, फागुन २१ २०७९१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend