आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ईङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
images
ईङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आजबाट साधारण सेयर बिक्री खुला गरेको हो।  

images
images

काठमाडौं- ईङवा हाइड्रोपावर लिमिटेडले पहिलाे चरणअन्तर्गत आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइतबारदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

images
images
images

जारी पुँजी ६० करोड रूपैयाँ रहेको कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेको हो।

images
images

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइन्छ।

images
images

ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। चैत ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

दाेस्राे चरणअन्तर्गत आम सर्वसाधारणका लागि भने कम्पनीले केही समयपछि सेयर जारी गर्ने छ।

 


प्रकाशित : आइतबार, फागुन २१ २०७९०५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend