बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

होली इभेन्टका टिकट आईएमई पेबाट पनि खरिद गर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १९ २०७९
होली इभेन्टका टिकट आईएमई पेबाट पनि खरिद गर्न सकिने

टिकट खरिद सुविधा आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ। 

काठमाडौं- काठमाडौंका तीन होली इभेन्टका टिकट आईएमई पेबाट पनि खरिद गर्न सकिने भएको छ। 

इभेन्ट आयोजकहरुसँगको सहकार्यमा आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा उपलब्ध गराएको हो। 

अन्नपूर्ण होटमा आयोजना हुने 'कलरेल्ला', द मल्ल होटलमा हुने 'कलर स्प्ल्यास' र सिद्धार्थ बुटिक होटलमा आयोजना हुने 'होली फिएस्ता २०२३' इभेन्टको टिकट खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। 

यी इभेन्टहरु रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्। आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकले डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मूल्यमा प्राप्त गर्न सक्ने बताइएको छ। 

टिकट खरिद सुविधा आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ। 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend