शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धुलिखेलमा प्रचण्डको  जिपलाइन शयर 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
धुलिखेलमा प्रचण्डको  जिपलाइन शयर 

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले  जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । 

काठमाडौ- पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले  जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । 
 
सिन्धुपाल्चोकका केदार थापा (३८बर्ष) (अध्यक्ष)काठमाडौका भुपेश श्रेष्ठ (२९ बर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका छन् । 

लिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी  ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौँबाट करिब ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। 
फोटो: बिष्णुकान्त घिमिरे


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend