शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अपि पावरले सेयरधनीलाई दिने हकप्रद र लाभांशको प्रस्ताव आज पारित गर्दै

images
आइतबार, फागुन १४ २०७९
images
अपि पावरले सेयरधनीलाई दिने हकप्रद र लाभांशको प्रस्ताव आज पारित गर्दै
images
images

काठमाडौं- अपि पावर कम्पनीको सभा आज हुँदैछ। साधारण सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पास  गर्नेछ।

images
images
images

साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशत का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पास हुने छ।

images
images

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। 

images
images

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।


प्रकाशित : आइतबार, फागुन १४ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend