शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

माघमा देखिएको तरलता संकट फागुनमा सुधार हुँदै, चैतपछि ब्याजदर घट्ने संकेत

अल्पकालीन ब्याजदर घट्न थाल्याे

images
शुक्रबार, फागुन १२ २०७९
images
माघमा देखिएको तरलता संकट फागुनमा सुधार हुँदै, चैतपछि ब्याजदर घट्ने संकेत
images
images

काठमाडौं- माघमा देखिएको तरलता संकटमा अहिले केही सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। फागुन लागेसँगै बैंकिङ प्रणालीको तरलता अभाव देखिएको थियो।

images
images
images

फागुन दोस्रो सातामा आएर बल्ल निक्षेप बढ्न थालेको हो। यता अन्तरबैंक ब्याजदर पनि घटेको छ। अन्तरबैंक ब्याजदर चार प्रतिशतबाट सतप्रतिशत वृद्धि हुँदै साढे आठ प्रतिशत पुगेको थियो। पुनः घटेर ७ प्रतिशतमा आएको छ। 

images
images

राष्ट्र बैंकका अनुसार अल्पकालीन ब्याजदरमा आएको वृद्धिले वित्तीय प्रणालीमा तरलता अभावको समस्या गहिरिँदै गएको देखिएको थियो। पुनः घट्न थालेसँगै वित्तीय प्रणालीमा केही सहज हुने अनुमान गरिएको छ। राष्ट्र बैंकका अनुसार ५३ खर्ब ८५ अर्ब निक्षेप पुगेको छ। 

images
images

गत पुस र माघमा अल्पकालीन ब्याजदर घटेको थियो भने बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाएका थिए। फागुन महिना लागेपछि मात्रै अन्तरबैंक दर ४ प्रतिशतबाट बढेर ८.५ प्रतिशत पुगेको थियो। 

फागुन महिना लागेसँगै अन्तरबैंक कारोबारदर करिब दोबरले बढेको थियो भने रिपोको ब्याजदरसमेत करिब १ प्रतिशतको बिन्दुले बढेको थियो। 

वित्तीय संस्थाहरूको ४८ खर्ब २१ अर्ब पुगेको छ। जसमा वाणिज्य बैंकहरूको मात्रै ४२ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ। निक्षेप-कर्जा (सीडी रेसियो) ले ८६.१७ प्रतिशतमा झरेको छ। केही दिनअगाडि ८.२७ प्रतिशत पुगेको थियो। 

फागुनमा तरलताको संकट हरेक वर्ष पर्ने गरेको तर यो वर्ष नपर्ने संकेत देखिएको पूर्वबैंकर पर्शुराम क्षेत्री बताउँछन्। बैंकहरूले फागुनमा पर्ख र हेरको नीति लिएपनि चैतपछि पुनः ब्याजदर घटाउने संकेत देखिएको क्षेत्री बताउँछन्। 

पुसमा बढेको निक्षेप माघमा घटेको थियो

नेपाल बैंकर्स संघका अनुसार पुस महिनामा बैंक तथा वित्तीय संस्थामा १ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप थपिएको थियो। तर बैंक तथा वित्तीय संस्थामा आउने निक्षेप माघ महिनामा घट्यो।

चालु आर्थिक वर्षको पुस महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको थियो। आर्थिक वर्षको सुरुवातदेखि नै खासै धेरै निक्षेप बढ्न नसकेको भए पनि पुसमा ह्वातै बढ्यो। मंसिर मसान्तसम्ममा ४६ खर्ब २३ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप संकलन पुस अन्तिमसम्ममा ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको थियो।


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend