शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

बेमौसमी वर्षाका कारण ६ अर्बको धानबालीमा क्षति [विवरणसहित]

images
बिहीबार , कात्तिक ४ २०७८
images
बेमौसमी वर्षाका कारण ६ अर्बको धानबालीमा क्षति [विवरणसहित]

वर्षाका कारण देशभर करिब ६ अर्ब रुपैयाँ बराबरको धान बालीमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार सो रकम बराबको धानबालीमा क्षति पुगेको हो। 

images
images

काठमाडौं- बेमौसमी वर्षाका कारण देशभर करिब ६ अर्ब रुपैयाँ बराबरको धान बालीमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार सो रकम बराबको धानबालीमा क्षति पुगेको हो। 

images
images
images

मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार २ लाख मेट्रिक टन धानमा क्षति पुग्दा ६ अर्ब रुपैयाँ कृषकले गुमाएका हुन्। असोज ३१ देखि लगातार परेको पानीले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्‍याएको हो। 

images
images

बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ। त्यसमा पनि लुम्बिली प्रदेशको बर्दियामा धेरै क्षति पुगेको छ। लुम्बिनी प्रदेशका तराई जिल्लामा वर्षाले अत्यधिक क्षति गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ। 

images
images

लुम्बिनीपछि प्रदेश १ र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्‍याएको छ। प्रदेश २ मा धानबाली अन्यत्र भन्दा ढिलो लगाइएकाले भित्र्याउने बेला भइसकेको छैन। त्यसैले प्रदेश २ मा लगाईको धानबालीमा वर्षाको क्षति न्यून छ। अन्य प्रदेशहरुको विवरण संकलनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले अविरल वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण पठाउन सातै प्रदेशका मन्त्रालयहरुलाई ३ दिन अघि निर्देशन दिएको थियो। त्यसमध्ये लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै प्रारम्भिक तथ्यांक पठाइसकेका छन् भने अन्य प्रदेशले पठाउन बाँकी रहेको जनाएको छ।

लगातारको पानीले क्षति पुर्‍याएको र केही असर गरेको गरी दुई प्रकृतिमा राखेर मन्त्रालयले विवरण उपलब्ध गराउन भनेको थियो। काटेर  खेतमा नै राखिएको धानबालीलाई मात्र क्षतिको रुपमा लिइएको मन्त्रालयको भनाइ छ। धन पाकेको तर काट्न बाँकी ठाडो बाली पानीले असर परेको भनिए पनि क्षतिको रुपमा गणना नगरिएको मन्त्रालयले जनाएको छ। 

बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा रहेको धानमा क्षति पुगेको छ। बाँकेमा ७ हजार ५ सय हेक्टरमा र कपिलवस्तुमा ८ हजार हेक्टरमा रहेको धान पूर्ण रुपमा नष्ट भएको मन्त्रालयको प्रारम्भिक तथ्यांकमा उल्लेख छ। लुम्बिनी प्रदेशमा मात्रै ९४ हजार हेक्टर क्षेत्रफलमा रहेको धानलाई क्षति पुगेको छ। 

लुम्बिनीको उक्त क्षेत्रफल मध्ये ४२ हजार हेक्टर क्षेत्रफलमा काटिएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ।  लुम्बिनीमा करिब १ लाख ६२ हजार मेट्रिक टन धान क्षति भएको छ। प्रतिमेट्रिक टन २८ हजारका दरले मूल्य तोक्दा पनि साढे ४ अर्बको क्षति लुम्बिनी प्रदेशमा मात्रै भएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा झापा, सुनसरी र मोरङको धानबालीमा क्षति पुगेको छ। तीन जिल्लामा लगाइएको धानखेतीको ५ देखि ७ प्रतिशत क्षेत्रफलमा रहेको धान नष्ट भएको मन्त्रालयले उल्लेख गरेको छ। 

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा काटिसकेको धानमा धेरै क्षति पुगेको छ। कैलालीमा करिब ५४ प्रतिशत र कञ्चनपुरमा करिब ४२ प्रतिशत धान बालीमा क्षति भएको छ। यी दुई जिल्लामा १५ हजार हेक्टर क्षेत्रफलको धान वर्षाले नष्ट भएको प्रारम्भिक तथ्यांक रहेको छ।

मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक क्षतिको विवरण कात्तिक २ गतेसम्मको हो। अन्य क्षेत्रबाट क्षतिको पूर्ण विवरण संकलन हुन केही समय लाग्ने मन्त्रालयले जनाएको छ। देशभरको तथ्यांक आउँदा क्षतिको विवरण समेत बढ्ने छ। 

bibaran one.jpg
bibaran two.jpg
bibaran three.jpg
bibaran four.jpg


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend