काठमाडौं- नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।