शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्वार्को चोकमा फ्लाइओभर बनाउन ९ कम्पनीले दिए आवेदन 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३ २०७८
ग्वार्को चोकमा फ्लाइओभर बनाउन ९ कम्पनीले दिए आवेदन 
सांकेतिक तस्बिर।

ग्वार्को चोकमा निर्माण हुने फ्लाइओभर बनाउन निकालिएको ठेक्कामा ९ वटा कम्पनीले आवेदन दिएका छन्। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले असार २८ गते बोलपत्र आब्हान गरेको थियो।

काठमाडौं- ग्वार्को चोकमा निर्माण हुने फ्लाइओभर बनाउन निकालिएको ठेक्कामा ९ वटा कम्पनीले आवेदन दिएका छन्। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले असार २८ गते बोलपत्र आब्हान गरेको थियो।

फ्लाइओभर निर्माणका लागि एमआर भीम\सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा\गोल्डेन गुड जेभी, सूर्यर भ्याली र विकास र ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनकर श्रेष्ठ जेभी, तुन्दीर रसुवार रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिषर समानान्तर जेभीले आवेदन दिएका हुन्। 

चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी) ८ लेनको बनाउँदा समेत फ्लाइओभरको परिकल्पना गरिएको थियो।  करिब १० किमी सडकको मुख्य जाम हुने तीनवटा चोकमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको थियो। 

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि दोस्रो चरणमा सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना रहेको जनाएको छ। 

केन्द्रले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण अघि बढाएको हो। आफैले प्रारम्भिक सर्भे गरेर त्यसलाइ बेसलाइन मान्दै ईपीसी मोडलमा ठेक्का निकालिएको हो। यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै काम ठेकेदार कम्पनीले नै गर्छ। 

केन्द्रले अनुसार आगामी दुई महिनाभित्र मुल्याङकन सक्ने लक्ष्य राखेको छ। ठेक्का पाउने कम्पनीले दुई वर्षमा निर्माण सकेर हस्तान्तरण गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ। 

ग्वार्काे चोकमा निर्माण हुने फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ। जसमा बालकुमारीतिरबाट २८० मिटरसम्म माथि उक्लदै बीचमा निर्माण हुने पुल ३५ मिटर सडकमाथि हुनेछ। उक्त पुलसँग जोडिन  सातदोबाटोतिर १७५ मिटर लामो सडकमाथि उक्लिएको संरचना निर्माण हुनेछ। फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ।

बालकुमारीतिरबाट सातदोबाटोतिर फ्लाइओभर निर्माण भएपछि इमाडोलतिरबाट पाटनतिर जाने सवारीसाधन फ्लाइओभरकै मुनि (अहिले भएको चक्रपथ) बाट पास हुनेछन्। अर्थ मन्त्रालयले फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको छ। 


प्रकाशित : बिहीबार , भदौ ३ २०७८११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend