शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन र सिभिलको एकीकृत कारोबार फागुन १२ गतेदेखि

images
शुक्रबार, फागुन ५ २०७९
images
हिमालयन र सिभिलको एकीकृत कारोबार फागुन १२ गतेदेखि
images
images

काठमाडौं- हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो।

images
images
images

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो।

images
images

हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए। एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन्।

images
images

१५ दिन कारोबार बन्द

यही फागुन १२ गते हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ। दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैंकको सेयर रोक्का हुने भएको हो।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो।

यही फागुन १२ गते हिमालयन बैंकसँग मर्ज हुन लागेको सिभिल बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का हुन लागेको हो।


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend