शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यी हुन् चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कार, शीर्ष ३ मा २ वटा टेस्ला

शुक्रबार, कात्तिक ५ २०७८
यी हुन् चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कार, शीर्ष ३ मा २ वटा टेस्ला

चीनमा बिक्री हुने शीर्ष ३ विद्युतीय कारमा ३ वटा अमेरिकी कार उत्पादन टेस्लाका कार रहेको सीएनबीसीले लेखेको छ। यो बिक्री तथ्यांक चालु वर्षको ९ महिनाको हो। 

काठमाडौं- दुई दशकयता चीन विश्वको मुख्य कार उत्पादकको रुपमा रहेको छ। पछिल्लो समय विद्युतीय सवारीमा समेत चीन विश्व अटो बजारमा अग्रपंक्तिमै छ। 

विश्वका ठूला सवारी उत्पादकहरु विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। यता चीनमा भने देशभित्रै विद्युतीय सवारी उत्पादकबीच तिब्र प्रतिस्पर्धा रहेको छ। 

चीनमा बिक्री हुने शीर्ष ३ विद्युतीय कारमा ३ वटा अमेरिकी कार उत्पादन टेस्लाका कार रहेको सीएनबीसीले लेखेको छ। यो बिक्री तथ्यांक चालु वर्षको ९ महिनाको हो। 

चीनको स्टार्टअप कम्पनी सिपिङ, नियोलगायत कम्पनीलाई उछिनेर टेस्ला अग्रपंक्तिमा आएको चाइना प्यासेन्जर कार एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक छ। यी हुन् २०२१ को ९ महिनामा सर्वाधिक बिक्री भएका कारहरुः

१ होङयुङ मिनि (एसएआईसी–जीएम–युलिङ)

२ मोडल थ्री (टेस्ला)

३ मोडल वाई (टेस्ला)

४ हान (बीवाईडी)

५ क्वीन प्लस बीएमआई (बीवाईडी)

६ लि वान (लि अटो)

७ बेनबेन इभी (चाङगन) 

८ आयन एस (जीएसी मोटर स्पिन–अफ)

९ इक्यू (चेरी)

१० ओरा ब्ल्याक क्याट (ग्रेटवाल मोटर)

११ पीसेभेन (सिपिङ)

१२ सोङ डीएम (बीवाईडी)

१३ नेझा भी (होजोन अटो) 

१४ क्लेभर (एमएआईसी रोवी)

१५ क्विन प्लस इभी (बीवाईडी)

एलोन मस्कको कम्पनी टेस्लाले चीनमा २०२१ को ३ त्रैमासमा २ लाख वटाभन्दा बडी विद्युतीय कार बिक्री गरेको छ। त्यसमध्ये १ लाख ११ हजार ७ सय ५१ व्टा मोडल थ्री र ९२ हजार ९ सय ३३ वटा मोडल वाई बिक्री भएको थियो। 

अमेरिकी विद्युतीय कार उत्पादन टेस्लाको चिनियाँ विद्युतीय कार बजारमा यो वर्ष १५ प्रतिशत बजार हिस्सा हुने अनुमान गरिएको छ। चिनियाँ कम्पनी नियो र सिपिङले भने बजार हिस्सा गुमाउने अनुमान गरिएको छ। 

चीनमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिने नीति सरकारले लिएको छ। बेइजिङले विद्युतीय कार उत्पादकहरुलाई कर वर्गीकरण थप तथा सहुलियत दिएको छ। जसका कारण उपभोक्ताले सस्तोमा पाउने भएपछि विद्युतीय सवारी किनुन् भन्ने नीति सरकारको छ। 

चीन सरकारले देशभर चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ। जसका कारण ग्रामिण क्षेत्रमा समेत विद्यूतीय सवारीको प्रयोग बढ्ने छ। चीनमा हाल करिब ३ वटा कम्पनीले विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। 

ब्लुम्बर्गका अनुसार चीनमा भएका विद्युतीय सवारी उत्पादक र तीनको उतपादन क्षमताको प्रयोग नभएसम्म अब उप्रान्त नयाँ उद्योगले अनुमति पाउनु सम्भावना न्यून छ। 

हाल चीनमा रहेको विद्युतीय सवारी उत्पादकहरुको जति उत्पादन क्षमता छ त्यसको ५३ प्रतिशतमात्र उत्पादन भइरहेको छ। तर अमेरिकी कार उत्पादकहरुको मान्यता भने भिन्दै छ। उनीहरु उत्पादन क्षमताको ८० प्रतिशत उपयोग भएन भने त्यसबाट नाफा हुँदैन भन्ने मान्यतामा छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend