शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विश्व बैंकको संसदीय सञ्जाल बोर्डमा निर्वाचित भए गगन थापा 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
विश्व बैंकको संसदीय सञ्जाल बोर्डमा निर्वाचित भए गगन थापा 

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापा दुई वर्षका लागि निर्वाचित भएका हुन्। 

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापा विश्व बैंक  तथा आइएमएफको संसदीय सञ्जालमा निर्वाचित भएका छन्। 

'पार्लियामेन्टेरियन नेटवर्क अन दी वर्ल्ड बैंक एण्ड आईएमएफ' को बोर्ड सदस्यमा नेपालबाट थापा निर्वाचित भएका हुन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापा दुई वर्षका लागि निर्वाचित भएका हुन्। 

यो संसदीय सञ्जालमा १४० बढी देशका प्रतिनिधिहरू छन्। यो  फोरमले अन्तर्राष्ट्रिय वित्त संस्था तथा बहुपक्षीय विकास वित्तको पारदर्शिताका पक्षमा पैरवी गर्दै आएको छ। 

सन् २०० मा स्थापना भएको यो फोरममा संसारभरका विधायकहरू सक्रिय हुन्छन्। सुशासन, गरिबीको अन्त्य जस्ता विषयमा बहस तथा छलफल गर्ने यो सञ्जालको मुख्य काम हो। 

फ्रान्सको पेरिसमा सचिवालय भएको यो नेटवर्कको बोर्डमा १२ सदस्यीय बोर्ड हुन्छ। विश्व बैंकको सदस्य राष्ट्रमा निर्वाचित सांसदहरुका लागि खुला हुन्छ। 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend