शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अहिले ब्याजदर बढी भएको होइन : बैंकर्स संघ

images
बुधबार, फागुन ३ २०७९
images
अहिले ब्याजदर बढी भएको होइन : बैंकर्स संघ
images
images

काठमाडौं- नेपाल बैंकर्स संघले अहिले कर्जाको ब्याजदर उच्च भएको भन्नु गलत रहेको बताएको छ। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कोभिडअघिको तुलनामा ब्याजदर धेरै नबढेको बताए।

images
images
images

'कोभिड सुरु हुनुभन्दा अघि सामान्य समयमा नेपाली बैंकहरुको ऋणको औसत ब्याजदर ११ दशमलव ८ प्रतिशत थियो। उच्च आर्थिक वृद्धि रहेको र स्थायी किसिमको सरकार रहेको बेला थियो त्यो। अहिले गत मंसिर कर्जाको औसत ब्याजदर १२ दशमलव ७ प्रतिशत छ,' अध्यक्ष केसीले भने, 'कोभिडको बेलाको असामान्य अवस्थासँग तुलना गर्नु उचित हुँदैन। सामान्य अवस्थासँगै तुलना गर्दा ब्याजदर धेरै होइन।'

images
images

कोभिडअघि साढ ४ प्रतिशत रहेको मूल्यवृद्धि अहिले साढे ८ प्रतिशतसम्म पुगेको छ। मूल्यवृद्धि ४ प्रतिशत बिन्दूले बढ्दा ब्याजदर करीब १ प्रतिशत बिन्दूले मात्रै वृद्धि हुनु धेरै भयो भन्नु प्राविधिक रुपमा पनि नमिल्ने उनले बताए। नेपालको ब्याजदरलाई अमेरिकासँग तुलना गर्नु उचित नहुने पनि उनले बताए। 

images
images

यसबीचमा निक्षेपको ब्याजदर पनि तीन प्रतिशतले बढेको उनले बताए। त्यस हिसाबले पनि नेपालका बैंकहरुले व्यावसायिक धर्ममै रहेर काम गरेको देखिएको उनको भनाइ छ। 

अहिले निक्षेपको वृद्धि भइरहे पनि त्यो पर्याप्त नभएको संघले जनाएको छ। त्यस्तै तरलतामा सुधार भएकाले अन्तरबैंक दर घटिरहेको उसले जनाएको छ। पुसमा एसएलएफ जम्मा साढे ३५ अर्ब मात्रै प्रयोग भएको र माघमा त्यो प्रयोग नै नहुनु सकारात्मक रहेको पनि संघले जनाएको छ। त्यस्तै रिफाइनान्सिङ ऋण ११ अर्ब ७५ करोड रुपैयाँमा झरेको बैंकर्स संघले जनाएको छ।


प्रकाशित : बुधबार, फागुन ३ २०७९११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend