शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

मेन्छियाम हाइड्रोपावरको आईपीओ आउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
images
मेन्छियाम हाइड्रोपावरको आईपीओ आउँदै
images
images

काठमाडौं- मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो।

images
images

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो। त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ। 

images
images

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

images
images
images

स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। जसमा आयोजना पीडित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका-७, चैनपुर नगरपालिका-३ मा रहेको रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र अनलाइनबाट ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, फागुन ३ २०७९०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend