शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चैतसम्म ऋण भुक्तानी गर्दा छुट, कति ऋण लिएकालाई कति मिनाहा?

images
शुक्रबार, माघ २७ २०७९
images
चैतसम्म ऋण भुक्तानी गर्दा छुट, कति ऋण लिएकालाई कति मिनाहा?
images
images

काठमाडौं- नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो।

images
images
images

‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा उपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ।

images
images

बैंकको ब्याज छुटसहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

images
images

बैंकले बक्यौता साँवा एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, १० लाखसम्मका कर्जामा ४० प्रतिशत, १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, २० लाखसम्मका कर्जाम ७० प्रतिशत र २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend