शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एकैदिन १० अर्ब निक्षेप घट्यो, ऋण लगानी ६ अर्ब बढ्यो

images
बिहीबार , माघ २६ २०७९
images
एकैदिन १० अर्ब निक्षेप घट्यो, ऋण लगानी ६ अर्ब बढ्यो
images
images

काठमाडौं- एकैदिन १० अर्ब निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार ५३ खर्ब ६५ अर्बबाट एकैदिनमा १० अर्ब घटेको हो। यता वित्तीय संस्थाहरुको ऋण लगानी ६ अर्बले बढेको छ।

images
images
images

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि ४७ खर्ब २७ अर्बबाट घटेर ४७ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ।

images
images

यता सीडी रेसियो ८६.६३ प्रतिशत पुगेको छ भने अन्तरबैंक ब्याजदर ४.३५ प्रतिशतमा झरेको छ।

images
images

निक्षेप आउन थालेपछि बैंकहरुले ऋण लगानी बढाउन थालेका छन्।

साथै नेपाल बैंकर्स संघले फागुन महिनामा ब्याजदर नघटाउने निर्णय गरेको छ। माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। तर संघले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।  


प्रकाशित : बिहीबार , माघ २६ २०७९१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend