शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

सातामा एकदिनमात्र घटेको बजारमा सकारात्मक संकेत, देखियो ८८ अंकको वृद्धि

images
बिहीबार , माघ २६ २०७९
images
images
सातामा एकदिनमात्र घटेको बजारमा सकारात्मक संकेत, देखियो ८८ अंकको वृद्धि
images
images

काठमाडौं- गएको केही सातायता उतारचढावमा रहेको सेयर बजारमा यो साता सकारात्मक सुधार देखिएको छ। यो साता एकदिनमात्र घटेको बजारमा समग्रमा ८८.०५ अंकको वृद्धि देखियो। 

images
images

साताको अन्तिम कारोबारमा बिहीबार १२.४३ अंकले बढेर २१८२.६८ बिन्दुमा पुगेको छ। १ सय ५२ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब रुपैयाँको मात्र कारोबार भएको छ। गएको केही सातायता अहिले कारोबार रकममा कमी आइरहेको छ। 

images
images

गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार १.५४ को झिनो अंकले बढेको थियो। सोमबार पनि ४.५७ अंकको मात्र वृद्धि देखिएको बजारमा मंगलबार ७६.६४ अंकको उछाल आएको थियो। बुधबार ७.१३ अंकले घटेर बजार २१७०.२१ बिन्दुमा झरेको थियो। 

images
images
images

नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिएको थियो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा बजारमा सुधारको आश देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , माघ २६ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend