शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एकदिन उचालिएको सेयर बजार पुन: ओरालोतिर

images
बुधबार, माघ २५ २०७९
images
एकदिन उचालिएको सेयर बजार पुन: ओरालोतिर
images
images

काठमाडौं- गएको केही सातायता उतारचढावमा रहेको सेयर बजार एक कारोबारमा उचालिएर पुन: घटेको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिन्छ।

images
images
images

गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार १.५४ को झिनो अंकले बढेको थियो। सोमबार पनि ४.५७ अंकको मात्र वृद्धि देखिएको बजारमा मंगलबार ७६.६४ अंकको उछाल आएको थियो।

images
images

बुधबार ७.१३ अंकले घटेर बजार २१७०.२१ बिन्दुमा झरेको छ। ६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ। १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा बजारमा सुधारको आश देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, माघ २५ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend