शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुर्खेत- जुम्ला सडक स्तरोन्नतीको प्रक्रिया अघि बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २ २०७८
सुर्खेत- जुम्ला सडक स्तरोन्नतीको प्रक्रिया अघि बढ्यो

सरकारले सुर्खेत जुम्ला सडकको स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाएको छ। सो सडक अन्तर्गत बांगे सिमल-सैन सडक खण्डको स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न सडक विभागले परामर्शदाता छनोट गरेको हो। 

काठमाडौं- सरकारले सुर्खेत जुम्ला सडकको स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाएको छ। सो सडक अन्तर्गत बांगे सिमल-सैन सडक खण्डको स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न सडक विभागले परामर्शदाता छनोट गरेको हो। 

वातावरणीय प्रभाव मूल्यांकनका लागि परामर्शदाताको रुपमा कार्ड-स्लेट-ग्रान्ड जेभी छनोट भएको हो। विभागले असार ३२ गते सूचना जारी गरेर ७ दिन भित्र लिखित राय सुझाव पेश गर्न भनेको छ। 

सुर्खेत जुम्ला सडक अन्तर्गत बांगे सिमल सैन सडक खण्ड फेडर सडक अन्तर्गत पर्दछ। यो सडक १ सय १२ किलोमिटर लोमो, नाला बाहेक ९ मिटर चोलाइ र कालोपत्रे सतहको हुने विभागले जनाएको छ। यसको क्षेत्रधिकार मध्यरेखादेखि दुबैतिर १५ मिटरको रहेको छ। प्रस्ताव सडकको डिजाइन स्पीड ४० किलोमिटर प्रति घण्टा रहेको छ।

यो सडक विस्तार सुर्खेतको विरेन्द्रनगर नगरवालिका, बराहताल गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका र आठविस नगरपालिकाका विभिन्न वडामा प्रभाव पर्ने छ। 

 


प्रकाशित : बुधबार, भदौ २ २०७८०७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend