शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

फेरि अवरुद्ध भयो बेसीसहर-चामे सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
images
फेरि अवरुद्ध भयो बेसीसहर-चामे सडक

लमजुङ मनाङ जोड्ने एकमात्र बेसीसहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ। 

images
images

मनाङ- यस वर्ष वर्षायाम सुरु भएसँगै अवरुद्ध भएर दसैँअघि मात्र खुलेको बेसीसहर चामे सडकखण्ड पुनः अवरुद्ध भएको छ। 

images
images
images

लमजुङ मनाङ जोड्ने एकमात्र बेसीसहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ। 

images
images

सोमबारदेखि परेको अविरल वर्षाले मंगलबार यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताएका छन्। 

images
images

‘नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ।  खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ’ उनले भने।

खरखरे भिर, रामबजार, घोप्टेभिरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन्। विभिन्न ठाउँमा पहिराले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ। 

पानी निरन्तर परिरहेकाले अवरुद्ध सडक खुलाउन अप्ठयारो भएको छ। सडक अवरुद्ध हुँदा सवारी आवागमनमा बाधा पुगेको छ भने आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन्। 

यसअघि असार १ गते आएको बाढीपहिराले रोकिएको सडकमा दसैँअघि मात्रै सवारीसाधन सञ्चालनमा आएको थियो। सवारीसाधन सञ्चालनमा आएको हप्ता १० दिनमै पुनः यस सडक अवरुद्ध हुँदा यात्रुहरु बढी मर्कामा परेका छन्। यस सडकमा वर्षेनी बर्खायाम र वर्षा भएका बेलामा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend