सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

निगमको आन्तरिक उडानका सबै टिकट अब अनलाइनबाटै

images
शुक्रबार, माघ २० २०७९
images
images
निगमको आन्तरिक उडानका सबै टिकट अब अनलाइनबाटै
images
images

काठमाडौं- नेपाल वायु सेवा निमगले आन्तरिक उडानको टिकटलाई पूर्ण रुपमा अनलाइनमार्फत पाउने व्यवस्था गरेको छ। यात्रुको सहजताका लागि निमगले सुरुवाती चरणमा ई-सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

images

यसैगरी निगमले अन्तर्राष्ट्रिय उडानका लागि भने निगमको वेबसाइटबाट मार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु  लिन सक्ने जनाएको छ।

images
images

त्यसैगरी, निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत गरेको जनाएको छ। 

images
images
images

आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने समेत जनाएको छ।

passenger.JPG


प्रकाशित : शुक्रबार, माघ २० २०७९०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend