शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

यो साता देखिएन सेयर बजारमा सुधार, ८८ अंकले घटेको बजार आउने साता के होला?

images
बिहीबार , माघ १९ २०७९
images
यो साता देखिएन सेयर बजारमा सुधार, ८८ अंकले घटेको बजार आउने साता के होला?
images
images

काठमाडौं- सेयर बजारमा यो साता चार दिनको कारोबारमा गिरावट देखिएको छ भने एक दिनमात्र झिनो अंकको वृद्धि देखिएको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको बजारमा पुन: उतारचढावका बीच गिरावट आइरहेको हो। यो साता बजार समग्रमा ८८.५८ अंकले घटेको छ। 

images
images
images

सातामा कारोबारको अन्तिम दिन बिहीबार २२.१२ अंकले घटेर बजार २०९४.५४ बिन्दुमा झरेको छ। १९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ। केही सातायताको तुलनामा यो कारोबार रकम ज्यादै न्यून हो। बिहीबार १ सय ९४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

images
images

यो साता आइतबार १४.६८ अंकको गिरावट आएको बजार सोमबार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा झरेको थियो। मंगलबार पुन: १५.७४ अंकको गिरावट देखियो। बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंकमा पुगेको थियो।

images
images

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  

उता खराब कर्जा बढेसँगै वाणिज्य बैंकहरूले ऋण प्रवाहमा कडाइ गरेका छन्। एकातर्फ चर्को ब्याजदरका कारण ऋणको माग नै कम हुने तथा अर्कोतर्फ खराब कर्जा अत्यधिक बढेका कारण ऋण लगानीमा बैंकहरू हच्किँदा कर्जा विस्तार सुस्त बनेको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फुकुवा हुने आशमा लगानीकर्ता देखिएका छन्।


प्रकाशित : बिहीबार , माघ १९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend