शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एसियन हाइड्रोपावरको आईपीओ आउँदै

images
मंगलबार, माघ १७ २०७९
images
एसियन हाइड्रोपावरको आईपीओ आउँदै

जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

images
images

काठमाडौं- एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

images
images
images

कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता सय रुपैयाँ अंकित दरमा छ लाख ९७ हजार दुई सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो। 

images
images

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४ दशमलव ७१ प्रतिशतले हुने आठ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको कुल आठ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो। जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। 

images
images

त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ। 

निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर आईपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ। 

कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बीबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरेकोे छ। रासस


प्रकाशित : मंगलबार, माघ १७ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend