शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर धितोकर्जा धमाधम घटाउँदै बैंकहरू, नबिलले पौने ७ अर्बमा झार्दा अन्यको कति?

images
बिहीबार , माघ १२ २०७९
images
सेयर धितोकर्जा धमाधम घटाउँदै बैंकहरू, नबिलले पौने ७ अर्बमा झार्दा अन्यको कति?
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले सेयर धितोकर्जा धमाधम घटाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले साउनयता ९.७३ प्रतिशतले सेयरधितो कर्जा घटाएका छन्। 

images
images
images

साउनयता मंसिरसम्म ५८ अर्ब ७६ करोड ५० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन्। असार मसान्तसम्म बैंकहरूले ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए।

images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जाको सीमामा केही परिमार्जन गरेको थियो। यसअघि एक बैंकबाट ४ करोड र सम्रग प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने पाउने व्यवस्था थियो। बैंकले ४ लाई हटाएर १२ करोडको सीमा भने यथावत राखेको थियो। नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एकै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने छन्।

images
images

केन्द्रिय बैंकले सेयरधितो कर्जामा मौद्रिक नीति मार्फत कडाई गरेसँगै वाणिज्य बैंकहरूले कर्जा घटाउने नीति लिएका थिए।

सबैभन्दा धेरै सेयरधितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। बैंकले नबिल बैंकको ९.५१ प्रतिशत घटाएर ६ अर्ब ८९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ। यस्तै, ग्लोबल आइएमई बैंकले ६.०५ प्रतिशत घटाएर ६ अर्ब ५५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४.२९ प्रतिशतले घटाएर ४ अर्ब ४२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  ५.३२ प्रतिशतले ले घटाएर ४ अर्ब ३३ करोड रुपैयाँ र प्रभु बैंक ७.७२ प्रतिशतले ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

त्यस्तै सिद्धार्थ बैंकको ९.१८ प्रतिशत, सिटिजन्स बैंकको ८.९४ प्रतिशत, हिमालयन बैंकको ६.७१ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९४ प्रतिशत र कृषि विकास बैंकको ०.०९ प्रतिशत सेयर कर्जा घटाएका हुन्।

एनएमबि बैंक, लक्ष्मी बैंक र एभरेष्ट बैंकले भने सेयर धितो कर्जा बढाएका हुन्। एनएमबि बैंकको २‍.८५ प्रतिशत बढेर १ अर्ब ४९ करोड २० लाख रुपैयाँ, लक्ष्मी बैंकको २.४६ प्रतिशत बढेर २ अर्ब १६ करोड १० लाख रुपैयाँ र एभरेष्ट बैंकको १.५८ प्रतिशत बढेर ७४ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन्।

मंसिरसम्म सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको २७.३८ प्रतिशतले घटेको छ। साथै नेपाल बैंकको २३ प्रतिशत, एनआईसी एसिया बैंकको २० प्रतिशत, सनराइज बैंकको १६.१५ प्रतिशत, कुमारी बैंकको ११.६३ प्रतिशत, सिभिल बैंकको ११.५५ प्रतिशत, प्राइम बैंकको १०.३९ प्रतिशत र सानिमा बैंकको १०.१७ प्रतिशत घटाएका छन्।


प्रकाशित : बिहीबार , माघ १२ २०७९०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend