शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा लगातार देखियो सुधार, दोहोरो अंकले बढ्यो

images
बुधबार, माघ ११ २०७९
images
सेयर बजारमा लगातार देखियो सुधार, दोहोरो अंकले बढ्यो
images
images

काठमाडौं- गएको सातादेखि नै उतारचढावमा देखिएको सेयर बजारमा लगातार दुई कारोबारमा सामान्य सुधार आएको छ। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ।

images
images
images

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार सामान्य सुधार देखिएर बजार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको थियो। 

images
images

बुधबार १०.३७ अंकले बढेर बजार २१८३.६२ बिन्दुमा पुगेको छ। ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा १५९ कम्पनीको सेयर मूल्य बढेको छ। 

images
images

केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  


प्रकाशित : बुधबार, माघ ११ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend