शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा

images
सोमबार, माघ ९ २०७९
images
उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा
images
images

काठमाडौं- नयाँ सरकार आएसँगै उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा देखिएको छ। यसअघि पनि केही ठूला लगानीकर्ताकै वरपर घुमिरहने बजार अहिले उही अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्।

images
images
images

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको छ। सोमबार ४१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन।  

images
images

गएको साताको पहिलो कारोबारमा मंगलबार ३२.७२ अंकको वृद्धि देखिएको बजार बुधबार घटेको थियो। बुधबार ९.०१ अंकले घटेको बजार बिहीबार ५.७१ झिनो अंकले बढेको थियो। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। बजारमा अहिले पनि विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend