शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

भत्काउने र बनाउने समन्वय नहुँदा काठमाडौंका सडकमा समस्या 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
images
भत्काउने र बनाउने समन्वय नहुँदा काठमाडौंका सडकमा समस्या 

सडक विभागले सडक निर्माण गर्ने र अरु विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो। सडक कुनै निकायले बनाउने र कुनैले भत्काउने हुँदा सडक प्रयोगकर्ताले दुःख पाइरहेका छन्। 

images
images

काठमाडौं- उपत्यकामा विद्युत, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायतका युटिलिटी (लाभ वा उपयोगिता) का कारण सडक अवरुद्ध भइरहेको छ। विभिन्न सेवा प्रदायकले आ-आफ्नो आवश्यकताअनुसार सडक खन्दा कतै खाल्डो, कतै सडक र सडकपेटी अवरुद्ध भएका छन्। 

images
images
images

सडक विभागले सडक निर्माण गर्ने र अरु विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो। सडक कुनै निकायले बनाउने र कुनैले भत्काउने हुँदा सडक प्रयोगकर्ताले दुःख पाइरहेका छन्। 

images
images

यी समस्या समाधानका लागि वर्षौदेखि ‘युटिलिटी करिडोर’ सम्बन्धी ऐन बनाउने भनिएपनि ऐन निर्माण अघि बढेको छैन। काठमाडौंका सडकमा आवश्यक संरचना राख्नका लागि खन्दा खाल्डैखाल्डा भएको छ। युटिलिटीका लागि सडक खन्दा नै त्यही निकायले पहिलेको अवस्थामा ल्याउनु पर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। 

images
images

‘निर्माण गर्दाको अवस्थामा ल्याउन ढिलो गर्दा सडक बिग्रने गर्छ,’ उनले भने, ‘अहिले महाराजगञ्जदेखि बूढानीलकण्ठसम्मको सडकमा ठाउँठाउँमा खाल्डो भएको छ। नेपाल विद्युत प्राधिकरणले गत वर्ष तार जमिनमुनिबाट लैजानका लागि खाल्डो खनेकोमा उसले पुर्न बाँकी नै छ।’ 

विभागले निर्माण सुरु हुनु पहिले लिखित समझदारी गरेर तारको काम सकिएपछि सडकलाई पहिलेको अवस्थामा ल्याउनुपर्ने समझदारी भएको थियो। प्राधिकरणले केही समय पहिलेसम्म पानीले गर्दा सडकको खाल्डा टाल्न नसकिएको जनाएको थियो। 

धोबीखोला करिडोरमा पनि प्राधिकरणकै कारण सडकमा ठाउँठाउँमा अवरोध रहेको छ। प्राधिकरणले पैदलमार्ग नै ढाकिने गरी निर्माण सामग्री राखेको छ। पैदलमार्ग बाहेक झण्डै आधा मिटरसम्म सडकमा पनि ती सामग्री रहेको देख्न सकिन्छ।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कारणले पनि वर्षेनी सडकमा खाल्डाखुल्डी हुने गरेको छ। खानेपानीको चुहावट तत्काल नटाल्दा समस्या आउने गरेको विभागले जनाएको छ। गत वर्ष मेलम्चीको पानी आएपछि चुहावट बढेको र सडकमा खाल्डा बढेको थियो। 

सडक निर्माण गर्ने एउटा निकाय र युटिलिटी सञ्चालन गर्ने अर्काे निकाय हुँदा समस्या आउने गरेको महानिर्देशक थापाले बताए। सडकको र ती निकायको योजना नमिलेकाले सडक प्रयोगकर्ताले दुःख पाउने गरेका छन्। सडकमा पहिले विभागले कालोपत्र गर्ने पछि अरुले खन्ने काम वर्षौदेखि भइरहेको थापाको भनाइ छ। यही समस्या हल गर्ने उद्देश्यले युटिलिटी करिडोरको अवधारणा आए पनि कानुन अभावमा कार्यान्वयनमा जान सकेको छैन। 

सडक निर्माण गर्दा नै युटिलिटीका लागि एउटा बिन्दु बनाउँदा समस्या नहुन महानिर्देशक थापाको भनाइ छ। त्यही डट (बिन्दु)बाट नै  टेलिकम, इन्टरनेट सेवा प्रदायकले तार लैजान सक्छन्। 

‘सडकको अहिले जस्तो खराब अवस्था नहोस भनेर नै सो अवधारणा आएको हो,’ उनले भने, ‘विभागले काठमाडौं उपत्यका बाहिरका स्थानमा डट राखेर त्यही युटिलिटीमा व्यवस्थापन गर्ने योजना बनाएको छ। विस्तारको क्रममा रहेको नौबिसे-मुग्लिन सडकमा टेलिकमसँगको समन्वयमा युटिलिटीका लागि डट राख्न लागिएको छ।’ रासस


प्रकाशित : सोमबार, कात्तिक १ २०७८१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend