शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एनएमबि बैंकको नाफासँगै अधिकांश वित्तीय सूचकमा सुधार

images
शनिबार, माघ ७ २०७९
images
एनएमबि बैंकको नाफासँगै अधिकांश वित्तीय सूचकमा सुधार
images
images

काठमाडौं- एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ प्रतिशतले नाफा बढाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन ११.११ प्रतिशत धेरै हो।

images
images
images

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

images
images

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ।

images
images

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा छ। बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत, आधार दर १०.६८ र स्प्रेड दर ४.१९ प्रतिशत छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend