शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

दुई सातालाई बन्द भयो स्कोडाको कार उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
images
दुई सातालाई बन्द भयो स्कोडाको कार उत्पादन

कम्पनी अक्टोबर १८ देखि दुई साताका लागि उत्पादन बन्द गर्ने  निर्णयमा पुगेको हो। 

images
images

काठमाडौं- स्कोडाले दुई सातालाई कार उत्पादन बन्द गर्ने निर्णय गरेको छ। सोमबार कम्पनीले यस्तो निर्णय गरेको हो।

images
images
images

विश्वभर कार उत्पादनका लागि आश्वकयक पर्ने चिप (सेमिकन्डक्टर) तथा अन्य पार्टस्को अभाव हुँदा यस्तो निर्णयमा पुगेको कम्पनीले जनाएको छ। 

images
images

यो दुई साताको अवधिमा उत्पादनकै क्रममा रहेका १० हजार कारलाई पूर्ण रुपमा बनाइसक्ने योजना कम्पनीले बनाएको रोयटर्सले लेखेको छ। फक्सवागनको स्वामित्वमा रहेको चेक ब्रान्ड स्कोडा अटो पनि चिपको चरम अभावबाट ग्रसित भएको छ। 

images
images

चेक रिपब्लिकको सबैभन्दा ठूलो निर्यातकर्ता स्कोडा अटोले अक्टोबर ७ मै उत्पादन घटाउनु पर्ने वा बन्दै गर्नुपर्ने अवस्था आउने बताएको थियो। कम्पनी अक्टोबर १८ देखि दुई साताका लागि उत्पादन बन्द गर्ने  निर्णयमा पुगेको हो। 

यो वर्ष चेकमा लक्ष्य अनुसार कार उत्पादन नहुने चेक अटो उद्योग संघठनले जनाएको छ। कार उत्पादन चेक अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ। चेकको अटो क्षेत्रमा १ लाख ८० हजार मानिसले रोजगारी पाएका छन्। 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend