शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हकप्रद र लाभांशको चर्चाले अपी पावरको सेयर मूल्यमा लगातार उछाल?

images
बिहीबार , माघ ५ २०७९
images
हकप्रद र लाभांशको चर्चाले अपी पावरको सेयर मूल्यमा लगातार उछाल?
images
images

काठमाडौं- घटेर न्यून भएको अपी पावर कम्पनीको सेयर मूल्य अहिले लगातार बढिरहेको छ।

images
images
images

बुधबार पनि बुधबार सर्वाधिक कारोबार भएको अपीको सेयर मूल्य बढेको छ। १९ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ भने प्रतिकित्ता ९.५० रुपैयाँ बढेर ३०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

images
images

एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य ५७५ रुपैयाँसम्म पुगेको थियो। पछि घटेर २०० रुपैयाँमा आएको कम्पनीको सेयर मूल्य पुनः बढेको हो।

images
images
api.JPG

मंगलबार सर्वाधिक सेयर खरिदबिक्री २३ करोड २६ लाख बराबरको भएको थियो। मंगलबार अपिको प्रतिकित्ता २४.५० रुपैयाँ बढेको थियो।  यस कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेसँगै खरिदकर्ताको आकर्षणमा परेको देखिएको हो। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

कम्पनीले नौगडगाढ जलविद्युत आयोजना ८.५ मे.वा.को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना ८ मे.वा को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना ४ मे.वा को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना १ मे.वा ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना १ मे.वा को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्न हकप्रद जारी गर्न लागिएको जनाएको छ। 


प्रकाशित : बिहीबार , माघ ५ २०७९०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend