बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

सेयर बजारमा देखियो उतारचढाव, एक दिनको वृद्धिपछि ओरालोतिरै

images
बुधबार, माघ ४ २०७९
images
images
सेयर बजारमा देखियो उतारचढाव, एक दिनको वृद्धिपछि ओरालोतिरै
images
images

काठमाडौं- नयाँ सरकार आएयता निरन्तर उकालोमा देखिएको सेयर बजारमा गत सातादेखि उतारचढाव आइरहेको छ। गएको साता उतारचढावबीच समग्रमा ५.३३ अंकको वृद्धि भएको बजारमा यो साता उही अवस्था दोहोरिने देखिएको छ। 

images
images

यो साताको पहिलो कारोबारमा मंगलबार ३२.७२ अंकको वृद्धि देखिएको बजार बुधबार ओरालो लागेको छ।

images
images

बुधबार ९.०१ अंकले घटेर बजार २१७३.१० बिन्दुमा झरेको छ। ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको बजारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको मूल्यमा गिरावट आउँदा ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images
images

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन।  

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। बजारमा अहिले पनि विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, माघ ४ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend