शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ निष्कासन, कसले दिने आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ४ २०७९
images
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ निष्कासन, कसले दिने आवेदन?
images
images

काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री खुला गरेको हो।

images
images
images

कम्पनीले जारी पुँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिसेयर एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ।

images
images

जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका-१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका-१ तथा भिक्वाखोला गाउँपालिका-१ र २, मेरिङदेन गाउँपालिका-२ र ३, आठराई त्रिवेणी गाउँपालिका-५ तथा मैवाखोला गाउँपालिका-१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत सेयर निष्कासन गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। 

images
images

त्यस्तै सर्वसाधारणका लागि ४९ करोड ९८ लाख ७५ हजार बराबरको सेयर ४९ लाख ९८ हजार सात सय ५० कित्ता साधारण सेयरको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो। लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ।

कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्ये तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, माघ ४ २०७९०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend