मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पोखरा जहाज दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धार गर्न क्रेनको प्रयोग

images
आइतबार, माघ १ २०७९
images
पोखरा जहाज दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धार गर्न क्रेनको प्रयोग
images
images

काठमाडौं- पोखरा सेती नदीको खोचमा दुर्घटना भएको यती एयरलायन्सको जहाजमा सवार ६८ जनाको शव फेला परेको छ।

images
images
images

सेती नदीको खोचमा धेरै तल जहाज खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।

images
images

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा दुर्घटना भएको हो।

images
images

जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। 

जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।

FmgeAe0aEAMnCoF.jpg


प्रकाशित : आइतबार, माघ १ २०७९१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend