शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २९ २०७९
images
५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

images
images
images

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण सेयर, नौ अर्ब ७४ करोड बराबरको बोनस सेयर, चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र तीन अर्ब ५९ करोड बराबरको हकप्रद सेयर गरी कूल ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ।

images
images

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सात अर्ब २० करोड बराबरको डिबेन्चर, पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, दुई अर्ब ४५ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कूल १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ।

images
images

नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, पुस २९ २०७९११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend